२०८२ चैत्र १२ गते बिहिवार
काठमाडौं । कर्णाली प्रदेश सरकारले रविन्द्र चन्दलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई सदस्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले यसअघि, सदस्य-सचिव छनोट समितिले गत माघ ३ गते अन्तर्वार्ता लिई तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस गरिएका उम्मेदवारहरूमा रविन्द्र चन्द, दीपक हमाल र प्रमोद हमाल थिए ।
छनोट समितिले गरेको मूल्यांकनमा रविन्द्र चन्दले सर्वाधिक ६७.१७ अंक प्राप्त गरेका थिए भने दीपक हमालले ६०.६३ र प्रमोद हमालले ५२.३७ अंक प्राप्त गरेका थिए ।
उपाध्यक्षमा वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेतका प्रमोद हमाल नियुक्त भएका छन् । यसैगरी सदस्यहरुमा खाँडाचक्र ७ कालीकोटका पंखबहादुर मल्ल, वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेतका भीमकुमारी भुसाल, चंखेली गाउँपालिका ४ हुम्लाका गोर्खबहादुर शाही, दुल्लु नगरपालिका ८ दैलेखका पवनकुमार थापा र वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेतका किरणकिशोर सापकोटालाई मनोनयन गर्ने निर्णय कर्णाली प्रदेश सरकारले गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij