Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रतिनिधिसभा विघटन र निर्वाचनविरुद्ध विपक्षी दलका नेताहरु आज सर्वोच्च जाँदै

प्रतिनिधिसभा विघटन र निर्वाचनविरुद्ध विपक्षी दलका नेताहरु आज सर्वोच्च जाँदै


  • 5.2K
    Shares

    प्रतिनिधिसभा विघटन र निर्वाचनविरुद्ध विपक्षी दलका नेताहरु आज सर्वोच्च जाँदै

    काठमाडौं । प्रतिनिधिसभा विघटन र निर्वाचनको विरुद्ध विपक्षी दलका नेताहरु आज सर्वोच्च अदालत जाँदैछ ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका हुन् ।

    हिजो ५ दलको सर्वपक्षीय बैठकले १ सय ४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने निर्णय गरेको थियो । बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाईँ लड्ने निष्कर्ष निकालेको थियो ।

    राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनकातर्फबाट शेरबहादुर देउवाले प्रस्तुत गरेको दाबी विधिसम्मत नभएको भन्दै खारेज गर्नु भएको थियो । यसैबीच, संयुक्त गठबन्धनले आज संसदीय दलको बैठक पनि बोलाएका छन् ।

    प्रकाशित मिति :जेठ ९ २०७८ आइतवार - १०:२५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij