Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

टेकुस्थित होटलमा बन्धक बनाइएका बोहराको सकुशल उद्धार, तीन जना पक्राउ

टेकुस्थित होटलमा बन्धक बनाइएका बोहराको सकुशल उद्धार, तीन जना पक्राउ


  • 1.5K
    Shares

    टेकुस्थित होटलमा बन्धक बनाइएका बोहराको सकुशल उद्धार, तीन जना पक्राउ

    काठमाडौं । काठमाडौंको टेकुस्थित एक होटलमा बन्धक बनाइएका एक व्यक्तिको प्रहरीले सकुशल उद्धार गरेको छ। अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१२ टेकुस्थित ‘रोडलाईन प्यालेस होटल’ बाट पीडितको उद्धार गरेको हो।

    उक्त होटलका सञ्चालक शिव बहादुर घर्तीको होटलको कोठा नं। १०५ मा पूर्ण बहादुर बोहरालाई बन्धक बनाई कुटपिट गरी घाइते बनाइएको भन्ने विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो। सोही सूचनाका आधारमा खटिएको टोलीले बोहरालाई सकुशल उद्धार गरेको हो।

    घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना व्यक्तिहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फपेन्द्र न्यौपाने, धनराज बस्नेत र शिव बहादुर घर्ती रहेका छन् ।   

     

    प्रकाशित मिति :फाल्गुण १३ २०८२ बुधवार - ११:५४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij