२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । ना.४३ प २२१ नम्बरको मोटरसाइकललाई हाल नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय संजित स्याङ्तान र सोही ठाउँका १८ वर्षीय अमोश थिङ रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने सवारी साधन र त्यसका चालक दुर्घटना लगत्तै फरार भएका छन् । प्रहरीले फरार सवारीको पहिचानका लागि घटनास्थल आसपासका सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीसँग सोधपुछ गरिरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij