२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । गायक एवं कलाकार कमल विके निर्मोहीको निधन भएको छ । मिर्गौला रोगबाट पीडित निर्मोहीको उपचारका क्रममा मंगलबार साँझ निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष राधिका हमाल पुनले जानकारी दिइन् ।
दाङको तत्कालीन फूलबारी गाउँपालिकामा जन्मिएका निर्मोही नेपालगन्जमा बसोबास गर्दै आएका थिए ।
परिवार श्रोतका अनुसार मंगलबार साँझ एक्कासि बेहोस भएपछि निर्मोहीलाई उपचारका लागि पहिले भेरी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । अवस्था सुधार नभएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो ।
मिर्गौला रोगबाट पीडित उनकी पत्नी हेरमदेवी विकको गएको २३ माघमा निधन भएको थियो । तीन दशक बढी रेडियोमा बोलेर पश्चिम नेपालमा श्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी तथा लोकगायक कमल विके निर्मोही लामो समयदेखि नेपाली लोक सङ्गीत र सञ्चार क्षेत्रमा समर्पित रहँदै आएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij