२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । सरकारले उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्टलाई तोकेको छ ।
न्यायपरिषद्को सिफारिस अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला न्यायाधीश भट्टलाई उपभोक्ता अदालतको अध्यक्ष तोकेको हो ।
उनी एक दशकभन्दा बढी समय न्याय सेवाको सरकारी वकिलको रुपमा काम गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयमा कानूनको स्नातकोत्तर गरेका थिए ।
साथै हङकङ विश्वविद्यालय हङकङबाट अन्तराष्ट्रिय कानून र मानव अधिकारको अध्ययन गरेका छन् । उनले फौजदारी कानूनमा विद्यावारिधी गरेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij