Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

पाँच सय किलो गाँजासहित दश जना पक्राउ


  • 568
    Shares

    पाँच सय किलो गाँजासहित दश जना पक्राउ

    काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिका-९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका-९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परेका छन् ।

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू बिहीबार पक्राउ परेका हुन् । शङ्कास्पद गतिविधिमा संलग्न उनीहरू एउटा ट्र्याक्टरमा आफ्नो गन्तव्यतर्फ गइरहेका थिए ।

    प्रहरीले ना७त ३५० नम्बरको ट्र्याक्टरमा जाँच गर्दा ४३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको हो । सबै अभियुक्तलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ । ट्र्याक्टर पनि प्रहरी नियन्त्रणमा छ ।

     

    प्रकाशित मिति :माघ १६ २०८२ शुक्रवार - १०:४७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij