२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । गुल्मीको इश्मा गाउँपालिका–२, छल्दीटारमा तीन महिनाका शिशुको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले शिशुका बाबु ४६ वर्षीय सन्तबहादुर कुमाललाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुका अनुसार मादक पदार्थी सेवन गरेका सन्तबहादुरले शिशुलाई टिपेर भुइँमा पछार्दा घटनास्थलमै मृत्यु भएको हो ।
सन्तबहादुरकी जेठी छोरी सरिताले घटनाबारे हस्तीचौर प्रहरी चौकीमा खबर गरेपछि सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । प्रहरी सहायक निरीक्षक विनयकुमार श्रीवास्तवको कमाण्डमा खटिएको टोलीले आरोपित सन्तबहादुरलाई नियन्त्रणमा लिएका थियो ।
डीएसपी सारुका अनुसार घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij