Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

उपत्यकामा ‘उज्यालो नेपाल’ को चुनावी यात्रा प्रारम्भ

उपत्यकामा ‘उज्यालो नेपाल’ को चुनावी यात्रा प्रारम्भ


  • 421
    Shares

    उपत्यकामा ‘उज्यालो नेपाल’ को चुनावी यात्रा प्रारम्भ

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौं उपत्यकाका सो पार्टीका १५ उम्मेदवारले आज काठमाडौंस्थित गणेश मन्दिरको दर्शन गरी चुनावी यात्रा प्रारम्भ गरेका छन् ।

    यात्राका क्रममा उम्मेदवारहरूले कालभैरव, इन्द्रचोक, वसन्तपुर, नरदेवीलगायत काठमाडौंका प्रमुख शक्तिपीठ तथा धार्मिक–ऐतिहासिकस्थलको दर्शन गरेका छन् ।

    धार्मिक सहिष्णुता, सांस्कृतिक संरक्षण र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सो पार्टीले जनाएको छ । पार्टीका अध्यक्ष घिसिङले जनताबाट प्राप्त समर्थन र हौसलाका आधारमा आफूहरुले मत पाउने विश्वास व्यक्त गरे  ।

    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - १२:३९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij