Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

काठमाडौंको मूलपानीबाट प्रहरीले गोली प्रहार गरेर पक्राउ गर्‍यो १० ‘लुटेरा’

काठमाडौंको मूलपानीबाट प्रहरीले गोली प्रहार गरेर पक्राउ गर्‍यो १० ‘लुटेरा’


  • 533
    Shares

    काठमाडौंको  मूलपानीबाट  प्रहरीले गोली प्रहार गरेर पक्राउ गर्‍यो १० ‘लुटेरा’

    काठमाडौं । प्रहरीले गोली प्रहार गरेर काठमाडौंको मुलपानीबाट १० जना ‘लुटेरा’लाई पक्राउ गरेको छ। प्रहरीको गोली लागेर एकजना लुटेरा घाइते भएका प्रहरी परिसर काठमाडौंले जनाएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले दिएको जानकारी अनुसार घटना गएराति १२ १५ बजेको हो। 

    ‘मध्यराति मूलपानीमा हाम्रो टोली चेक प्वाइन्ट खडा गरेर बसेको थियो,’ प्रवक्ता भट्टराईले नेपालखबरसँग भने, ‘मोटरसाइकलमा आएका उनीहरुले चेकप्वाइन्टमा ट्युटीमा रहेका प्रहरीलाई नै मोटरसाइकलले ठक्कर दिएर भाग्न खोजेपछि गोली बाध्य भएर चलाउनु परेको हो।’

    प्रहरीको गोली लागेर एकजना घाइते भएका छन्। त्यसक्रममा प्रहरीले उनीहसहित थप १० जनालाई पक्राउ गरेको हो। ‘मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका प्रहरीका सहायक हबलदार मोहन भट्ट र प्रहरी जवान पुष्पराज भण्डारी घाइते हुनु भएको छ,’ भट्टराईले भने। उनीहरुको अवस्था पनि सामान्य छ।  

    पक्राउ परेकाहरु काठमाडौंमा भएका विभिन्न लुटपाटका घटनामा संलग्नहरुको समूह भएको दाबी प्रहरीले गरेको छ।  ‘विभिन्न समयमा काठमाडौंमा लुटपाट गर्ने समूहको खोजतलासमा हामी थियौँ,’ एसपी भट्टराईले भने, ‘सोही क्रममा गएराति मूलपानीबाट १० जना पक्राउ परेका हुन्। थप लुटेराको खोजी र यस घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी नै छ।’

    प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन। उनीहरु सबै हाल प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। गोली लाग्ने युवकको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा विस्तृत विवरण पछि सार्वजनिक गर्ने एसपी भट्टराईले बताए। 

    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - १०:५२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij