Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

बझाङ, बाजुरा र अछाममा बालेन शाहको आज घण्टी अभिवादन कार्यक्रम

बझाङ, बाजुरा र अछाममा बालेन शाहको आज घण्टी अभिवादन कार्यक्रम


  • 442
    Shares

    बझाङ, बाजुरा र अछाममा बालेन शाहको आज घण्टी अभिवादन कार्यक्रम

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रममा सहभागी हुने भएका छन् ।

    पार्टीका अनुसार बालेनको कार्यक्रम बिहीबार बझाङ, बाजुरा र अछाम जिल्लामा तय गरिएको हो । कार्यक्रमअन्तर्गत उनले स्थानीय नागरिकसँग भेटघाट गर्ने तथा पार्टीको ‘घण्टी’ चुनाव चिह्नमार्फत अभिवादन गर्नेछन् ।

    कार्यक्रम तालिकाअनुसार बिहान ७ः३० बजे बझाङको चैनपुरबाट जनसम्पर्क कार्यक्रम सुरु भएको छ । त्यसपछि बिहान ११ः३० बजे बाजुराको मार्तडीमा कार्यक्रम आयोजना गरिनेछ । त्यसैगरी दिउँसो १२ः१५ बजे अछामको साँफेबगर र दिउँसो २ः१५ बजे मंगलसेनमा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम हुनेछ ।

    पार्टीले जनसम्पर्क कार्यक्रममार्फत संगठन विस्तार, स्थानीय समस्या बुझ्ने र आगामी राजनीतिक रणनीतिबारे कार्यकर्ता तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्य रहेको जनाएको छ । त्यसैका लागि बालेन तीन दिनदेखि सुदूरपश्चिममा छन् । 

     

    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - १०:२३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij