Logo

२०८२ आश्विन ३० गते बिहिवार

२०८२ आश्विन ३० गते बिहिवार

एउटै टोलका ९१ को कोरोना परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि

एउटै टोलका ९१ को कोरोना परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि


  • 5.5K
    Shares

    एउटै टोलका ९१ को कोरोना परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि
    images

    गुल्मी । कालीगण्डकी गाउँपालिकाको वडा नम्वर ६ फोक्सिङको लम्करा टोलका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ ।

    टोलका ९१ जनाको स्वाब परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

    संक्रमित सबैको अवस्था सामान्य रहेको थापाले बताए । एउटै टोलमा ठूलो संख्यामा संक्रमण पुष्टि भएपछि स्वास्थ्य मापदण्डहरुलाई कडाइसाथ लागु गरिएको उनको भनाइ छ । संक्रमितहरु होम आइसोलेसनमा छन् । संक्रमण हुनेमा एक वर्षदेखि ९० वर्षसम्मका रहेका छन् ।

    सोही टोलका जेठ १ गते ५१ वर्षीय पुरुष र ५६ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको थियो । गुल्मीमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९ पुगेको छ । सक्रिय संक्रमितको संख्या एक हजार १०८ रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ५ २०७८ बुधवार - ११:५९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij