Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

अनि, पनि, कमा, फुल स्टप दायाँबायाँ गर्ने छुट छैन, अबको प्रधानमन्त्री बालेन शाह होः राजु पाण्डे

अनि, पनि, कमा, फुल स्टप दायाँबायाँ गर्ने छुट छैन, अबको प्रधानमन्त्री बालेन शाह होः राजु पाण्डे


  • 1.0K
    Shares

    अनि, पनि, कमा, फुल स्टप दायाँबायाँ गर्ने छुट छैन, अबको प्रधानमन्त्री बालेन शाह होः राजु पाण्डे

    काठमाडौं । काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले अबको प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) नै हुनेमा शंका नगर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै सांसद पाण्डेले पार्टीको लाइन विपरीत दायाँबायाँ कुरा नगर्न पनि रास्वपाका नेतासँग आग्रह गरे ।

    कुराकानीका क्रममा पत्रकारहरूले रास्वपा उपसभापति डीपी अर्यालले केही दिनअघि बालेनलाई पाँच वर्ष प्रधानमन्त्री बनाउने सहमतिबारे आफूलाई थाहा नभएको भन्दै दिएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रश्न सोधेका थिए ।

    जसको जवाफमा पाण्डेले भने, ‘उहाँले भनेको मलाई थाहा छैन । भनेको हो भने गैह्र जिम्मेवार कुरा हो । त्यो गैह्र जिम्मेवार कुरा गरे जनता कसैले पनि सहनेवाला छैन ।’

    रास्वपाले जे बोल्छ त्यही गर्ने उनले दाबी गरे । ‘जे बोलिन्छ राष्ट्रिय स्वतन्त्र पार्टी त्यही गर्छ । अनि, पनि, कमा, फुल स्टप राष्ट्रिय स्वतन्त्र पार्टीका कुनै पनि तहका नेतालाई दायाँबायाँ कुरा गर्ने छुट छैन,’ उनले भने, ‘हाम्रो प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह हो । त्यसमा कन्फ्युजन नहुन अनुरोध गर्न चाहन्छु । यो चाहिने नचाहिने भन्ने छुट छैन ।’

    उनले सबै नेतालाई मिडियामा बोल्दा संयमित हुन र पार्टीको लाइनभन्दा बाहिर मान्छेपिच्छे कुरा नगर्न उनले अनुरोध गरे ।

    प्रकाशित मिति :फाल्गुण २६ २०८२ मंगलवार - १७:२३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij