Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

आज कैलाली र कञ्चनपुरमा बालेनको चुनावी अभियान, यस्तो छ कार्यतालिका

आज कैलाली र कञ्चनपुरमा बालेनको चुनावी अभियान, यस्तो छ कार्यतालिका


  • 582
    Shares

    आज कैलाली र कञ्चनपुरमा बालेनको चुनावी अभियान, यस्तो छ कार्यतालिका

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० आज कैलाली र कञ्चनपुरमा चुनावी अभियानमा खटिने भएका छन् । 

    बालेनलाई स्वागत तथा अभिनन्दन गर्न कैलाली र कञ्चनपुरमा एक विशेष कार्यक्रमको आयोजना गरिएको पार्टीले जनाएको छ । 

    बिहान ७ बजे राजापुरमा स्वागत तथा अभिनन्दन कार्यक्रम भएसँगै उनको अभियान सुरु भइसकेको छ । राजापुरबाट टिकापुर हुँदै लम्की, बर्दगोरिया, सुखड, परमानपुर, मसुरिया, चौमाला, अत्तरियामा र धनगढी बजारमा स्वागत तथा अभिनन्दन कार्यक्रम आयोजना गरिने भएको छ ।

    दिउसो ३ः३० बजे उनी धनगढीबाट पुनर्वासतर्फ लाग्ने बताइएको छ । कञ्चनपुरमा उनी  झलारी र महेन्द्रनगरमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यतालिका छ । 

    618724357_1377458914178596_7541689289300928492_n_5aWwDqthm0.jpg

     

    प्रकाशित मिति :माघ १३ २०८२ मंगलवार - १०:१३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij