Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबिच भेटवार्ता

गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबिच भेटवार्ता


  • 610
    Shares

    गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबिच भेटवार्ता

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    गृह मन्त्रालयमा आज भएको भेटमा उनीहरूबिच पछिल्लो राजनीतिक परिस्थिति, चुनाव र अमेरिकाले नेपालमा गरेको सहयोग र सहायताका बारेमा छलफल भएको छ ।

    त्यसक्रममा मन्त्री अर्यालले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनमा शान्तिसुरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले तीव्र रुपमा काम गरिरहेको बताए । राजदूत अर्बमले दुई देशबिचको मैत्रीपूर्ण सम्बन्ध सधैँ निरन्तर रहने र आगामी दिनमा थप प्रगाढ हुने बताए । 

     

    प्रकाशित मिति :माघ १२ २०८२ सोमवार - १७:०७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij