Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

नेपालगञ्जमा बालेन समर्थक सवार गाडीबाट खस्दा ५ जना घाइते

नेपालगञ्जमा बालेन समर्थक सवार गाडीबाट खस्दा ५ जना घाइते


  • 750
    Shares

    नेपालगञ्जमा बालेन समर्थक सवार गाडीबाट खस्दा ५  जना घाइते

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझाको सडकमा गाडीबाट खसेका छन् ।

    बालेन नेपालगञ्ज जाने भएसँगै उनका समर्थकहरू विमानस्थल पुगेका थिए । समर्थकको गाडीमा चढेका केही व्यक्ति गाडीको पछाडिको ढालाबाट खसेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले बताएका छन् ।

    विमानस्थलभित्रैको सडक भएकाले गाडी स्पिडमा नभएको हुँदा घाइतेहरूलाई प्राथमिक उपचार गरिएको र थप जटिल समस्या नदेखिएको एसपी जिसीले जानकारी दिएका छन् । बालेन चुनावी प्रचार-प्रसारका लागि अहिले पश्चिततर्फ गएका छन् । झापा ५ बाट उम्मेदवारी दिएर चुनाव लड्दै छन् ।

     

    प्रकाशित मिति :माघ १२ २०८२ सोमवार - १६:४६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij