२०८२ माघ १२ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले देश जोड्ने सङ्कल्पसहित आफ्नो पुरानो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ छाडेर सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सर्लाही जानुअघि सोमबार एक भिडियो सन्देश जारी गर्दै थापाले काठमाडौंका कथा मधेस लैजाने र मधेसका पीडा काठमाडौँ ल्याउनका लागि आफूले निर्वाचन क्षेत्र परिवर्तन गरेको बताएका हुन् । उनले भने, म मधेस जाँदैछु, किनकि म देश जोड्न चाहन्छु।
भिडियो सन्देशमा थापा पहाडबाट बसाइँ सरेर काठमाडौं आएको परिवारको सदस्य भएको नाताले पहाड र सहरको जीवन बुझे पनि मधेससँगको सम्बन्धलाई औपचारिकतामा मात्र सीमित नराख्न आफू त्यता जान लागेको उनले बताएका छन् ।
मधेसको प्रतिनिधित्व गर्दै त्यहाँका मुद्दालाई नजिकबाट बुझेर समाधानको पहल गर्दा सिङ्गो नेपालका मुद्दा हल गर्न सकिने र देशको नेतृत्व गर्न मधेसको माटोमा लडिबुडी गर्न आवश्यक रहेको निष्कर्षसहित यो निर्णय लिएको उनले उल्लेख गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij