Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

आगामी तीन दिनको मौसम पूर्वानुमान, मंगलबार रातिदेखि मौसम बिग्रिने

आगामी तीन दिनको मौसम पूर्वानुमान, मंगलबार रातिदेखि मौसम बिग्रिने


  • 575
    Shares

    आगामी तीन दिनको मौसम पूर्वानुमान, मंगलबार रातिदेखि मौसम बिग्रिने

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै मध्य सातादेखि देशभरको मौसम प्रतिकूल हुने जनाएको छ। सोमबार मौसम सामान्यतया सफा रहे पनि मंगलबार र बुधबार पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना छ।

    महाशाखाका अनुसार सोमबार दिउँसो तराईका केही स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो लाग्नेछ। देशका हिमाली भू-भागमा आंशिक बादल लागे पनि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। 

    मंगलबार दिउँसोबाट मौसममा पश्चिमी वायुको प्रभाव थप देखिनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागमा बादल लाग्ने र थोरै स्थानमा हल्का हिमपात वा वर्षा हुनेछ। कर्णाली र सुदूरपश्चिमका बाँकी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

    मंगलबार राति मौसम थप खराब हुनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू-भागमा बादल लाग्नेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा मध्यम हिमपात वा वर्षा हुनेछ भने पहाडी भू-भागमा मध्यम वर्षाको सम्भावना छ। 

    तराईका थोरै स्थानमा हल्का वर्षा र लुम्बिनी तथा सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित चट्याङ पर्न सक्ने महाशाखाले जनाएको छ।

    बुधबार भने मौसम प्रणाली देशभर फैलिनेछ। बुधबार दिउँसो देशभर साधारणतया बादल लाग्ने र सबै उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा मध्यम हिमपात वा वर्षा हुनेछ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा बाँकी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ।

    बुधबार रातिबाट भने मौसममा क्रमिक सुधार आउनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात वा वर्षाको सम्भावना रहे पनि बाँकी भूभागमा आंशिक बादल मात्र लाग्ने महाशाखाले उल्लेख गरेको छ।

     

    प्रकाशित मिति :माघ १२ २०८२ सोमवार - १३:३५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij