२०८२ माघ ११ गते आइतवार
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेश तर्फको २ सिटमा भएको निर्वाचनमा गिता देवकोटा र डा। प्रेम प्रसाद दंगाल विजयी भएका छन् । नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट चुनाव लडेका देवकोटा र दंगालले नेकपाका उम्मेदवारलाई पराजित गरेका हुन् ।
महिला क्लस्टरमा कांग्रेसका देवकोटाले ६ हजार २३९ मत सहित निर्वाचन जितेकी हुन् । उनले प्रदेश सभा सदस्य तर्फ ६० र स्थानीय तहतर्फ १६१ मत पाइन ।
प्रदेश सभा तर्फ कुल ८९ मतदाता मध्ये ८८ मत सदर भएको थियो भने स्थानीय तह तर्फ २२९ मत मध्ये २२६ मत सदर भएको थियो भने ३ मत बदर भएको थियो ।
अन्य क्लस्टरमा उम्मेदवार बनेका डा. देवकोटाले ६ हजार २०५ मत सहित निर्वाचन जितेका हुन् । उनले प्रदेश सभा तर्फ ५९ मत र स्थानीय तह तर्फ १६२ मत पाएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij