Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

राष्ट्रिय सभा : कर्णालीमा कांग्रेस-एमालेका शाही र रखाल विजयी

राष्ट्रिय सभा : कर्णालीमा कांग्रेस-एमालेका शाही र रखाल विजयी


  • 512
    Shares

    राष्ट्रिय सभा : कर्णालीमा कांग्रेस-एमालेका शाही र रखाल विजयी

    काठमाडौं । कर्णालीमा राष्ट्रियसभाका दुई पदका लागि भएको निर्वाचनमा गठबन्धन दल कांग्रेस(एमालेका उम्मेदवारहरू विजयी भएका छन् । 

    अन्य कलस्टरबाट उम्मेदवार बनेका कांग्रेसका ललितजंग शाही र महिलातर्फ उम्मेदवार रहेकी एमालेकी मिनासिं रखाल निर्वाचित भएकी हुन् ।

    प्रदेश सभातर्फ ४० प्रदेश सभा सदस्यमध्ये ३९ जनाले मतदान गरेका छन् भने १ जनाले मत हालेनन् । स्थानीय तहतर्फ १५८ मतदाता सङ्ख्यामध्ये १५२ मत मात्रै खसेको थियो । 

    खसेको मतमध्ये एमालेकी रखालले प्रदेशसभातर्फ २६ र स्थानीय तह तर्फ ९३ मत पाएकी छिन् । यस्तै कांग्रेसका शाहीले प्रदेशतर्फ २५ र स्थानीयतर्फ १०० मत पाएको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताएका छन् ।

    आइतबार भएको मतदानमा कुल ९६.४६ मत खसेको निर्वाचन अधिकृत गुरुङले जानकारी दिएका छन् । उनका अनुसार, कुल १९८ मतदाता सङ्ख्यामध्ये १९१ मत खसेको छ ।

     

    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - १७:४५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij