२०८२ माघ ११ गते आइतवार
काठमाडौं । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट महिला क्लष्टरमा एमालेकी सम्झना देवकोटा विजयी भएकी छिन् । एमालेबाट उम्मेदवार बनेकी उनले ५ हजार १४ मतभार पाइन् ।
गण्डकीका २ सय २८ मतदतामध्ये २ सय २३ मत खसेको थियो । मतदानमा सहभागी नभएकामध्ये राप्रपाका २ जना सांसद र सत्ता गठबन्धनका ३ जना पालिका प्रतिनिधि छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले परिणाम सार्वजनिक गरिसकेको छैन । यहाँ नेपाली कम्युनिस्ट पार्टीबाट गोमा घिमिरे र राष्ट्रिय जनमोर्चाले लक्ष्मी बास्कोटालाई उम्मेदवार बनाएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij