Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

ओलीसँग सार्वजनिक बहसमा सहभागी हुन बालेनद्वारा अस्वीकार

ओलीसँग सार्वजनिक बहसमा सहभागी हुन बालेनद्वारा अस्वीकार


  • 589
    Shares

    ओलीसँग सार्वजनिक बहसमा सहभागी हुन बालेनद्वारा अस्वीकार

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पोस्टमा रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रतिक्रिया जनाएका छन् । ओलीको पोस्टमा बालेनले प्रतिक्रिया जनाएका हुन् । 

    उनले लेखेका छन्,आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईँहरूलाई नै थाहा थियो । तपाईँहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने हो? त्योपछि अरू कुरा गरौँला ।

    उनले नेताहरूले आफ्नो ‘आतङ्कवादी’ छवि कहिले स्वीकार गर्ने भन्दै प्रश्न समेत गरेका छन्। बालेनले हत्या र हिंसामा संलग्नहरूसँग कुनै पनि प्रकारको संवाद वा बहस नगर्ने स्पष्ट पारेका छन् ।

    शाहले ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको आफू पनि त्यसमा सामेल भएको बुझिने तर्क गरेका छन् । 

    617848862_1176764817999201_429446386866824710_n.jpg

     

    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - १४:१२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij