२०८२ माघ ११ गते आइतवार
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत कोशी प्रदेशमा ८१ प्रतिशत मतदान सकिएको छ । राष्ट्रियसभा निर्वाचन कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बिहान ९ बजेदेखि भएको मतदानमा स्थानीय तहका २२० जना र प्रदेशसभाका ७१ जनाले मतदान गरिसकेका छन् ।
कोशी प्रदेशमा ९२ जना प्रदेश सांसद र २६७ जना पालिकाका प्रतिनिधि मतदाता रहेका छन् । कोशी प्रदेशमा ३ पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । अन्य तर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिल थापा भने निर्विरोध भइसकेका छन् । बाँकी दुई पदमा चार जनाको प्रतिस्पर्धा हुँदै छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य नयाँ आउने व्यवस्था छ । जसअनुसार यस पटक निर्वाचनबाट १८ जना राष्ट्रियसभामा जानेछन् ।
कोशीमा राष्ट्रियसभाका लागि ३ सय ६७ मतदाता भएपनि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ जना पालिका प्रमुख, २ जना पालिका अध्यक्ष, १ जना पालिका उपाध्यक्ष र १ जना प्रदेश सांसदले राजीनामा दिएर प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् ।
उनीहरूको राजीनामासँगै कोशीमा ९२ जना प्रदेशसभा सदस्य कायम छन् भने स्थानीय तहका २६७ प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष कायम भएका छन् । प्रदेशसभा सदस्यको मतभार ५३ हो । पालिकाका प्रतिनिधिको मतभार १९ रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij