Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

फागुन २१ पछि नेपालको प्रधानमन्त्री गगन थापा हो, काँग्रेसले सुविधाजनक बहुमत ल्याउँछः सहमहामन्त्री रसाईली

फागुन २१ पछि नेपालको प्रधानमन्त्री गगन थापा हो, काँग्रेसले सुविधाजनक बहुमत ल्याउँछः सहमहामन्त्री रसाईली


  • 519
    Shares

    फागुन २१ पछि नेपालको प्रधानमन्त्री गगन थापा हो, काँग्रेसले सुविधाजनक बहुमत ल्याउँछः सहमहामन्त्री रसाईली

    काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश रसाईलीले नेपाली काँग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । आईतवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सहमहामन्त्री रसाईलीले काँग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट साधारण र सुविधाजनक बहुमत हाँसिल गर्ने दाबी गरेका हुन्। 

    उनले काँग्रेस एकढिक्का भएर निर्वाचनमा होमिएको बताउनु हुँदै आन्तरिक समिकरणलाई मिलाउन पार्टीभित्रका समूहलाई सम्बोध्न गरिएको बताएका छन् । अहिलेको परिस्थितिमा देशलाई सम्हाल्ने र अन्य राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध कायम गरेर अघि बढ्नसक्ने व्यक्ति सभापति गगन थापा नै रहेको जिकिर गरेका छन् । 

    सहमहामन्त्री रसाईलीले आफूहरुले युवा पलायन रोक्न देशमै रोजगारी सिर्जना गर्ने र सुशासन कायम गरेर अघि बढ्ने बताएका छन्। फागुन २१ गतेपछिको नेपालको प्रधानमन्त्री गगन थापा नै भएको बताएका छन् । 

    उनले निर्वाचनलाई बलियो बनाइ रुख चिन्हलाई बलियो बनाउने गरी आफूहरु अघि बढिरहेको दाबी गरेका छन् । निर्वाचन टिकटमा पूर्वसभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोईराला समूहका नेताहरु सबैले न्याय पाएको बताएका हुन्। 

    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - १२:३५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij