Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

कांग्रेसले गर्‍यो जनकपुरको चुनावी सभा स्थगित

कांग्रेसले गर्‍यो जनकपुरको चुनावी सभा स्थगित


  • 498
    Shares

    कांग्रेसले गर्‍यो जनकपुरको चुनावी सभा स्थगित

    काठमाडौं । नेपाली कांग्रेसले माघ १६ गते जनकपुरधाममा तय गरेको मधेशको चुनावी सभा स्थगित भएको छ । निर्वाचन आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो ।

    आगामी मिति र कार्यक्रम तालिका परिस्थितिअनुसार पछि सार्वजनिक गरिने मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले बताएका छन् ।

     नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य-मान्यता र कानुनी व्यवस्थाप्रति प्रतिबद्ध रहँदै आयोगको निर्णयको सम्मान गरेकोसमेत उनले बताएका छन् । प्रदेश समितिले ठूला सभा रोकिए पनि पार्टीको आन्तरिक बैठक, संगठन विस्तार र चुनावी तयारीका अन्य प्राविधिक कामहरूलाई भने निरन्तरता दिने जनाएको छ।

     

    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - ११:१७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij