Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

न्यून चापीय प्रणालीको प्रभाव, यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

न्यून चापीय प्रणालीको प्रभाव, यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना


  • 1.0K
    Shares

    • images
    न्यून चापीय प्रणालीको प्रभाव, यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    काठमाडौं । हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    जसको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागिरहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। 

    कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । पूर्वी तथा मध्य  तराई भूभागका थोरै स्थानहरूमा बिहानीपख हुस्सु रहनेछ ।

    राति सुदूरपश्चिम प्रदेश लगायत पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

     

    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - ०७:३८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij