Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

भोलि सर्लाही जाँदै गगन थापा

भोलि सर्लाही जाँदै गगन थापा


  • 512
    Shares

    भोलि सर्लाही जाँदै गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने भएका छन् । उनी आइतबार आफूले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको क्षेत्र सर्लाही–४ जाने भएका हुन् ।

    सभापति थापाले शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रियामा आफू जिल्ला जान लागेको जानकारी दिएका छन् । 

    सभापति थापाले सर्लाही–४ का युवाको भर परेर आफूले जीवनकै अत्यन्त ठूलो राजनीतिक निर्णय लिएको पनि जिकिर गरेका छन् ।  उनले भने, ‘म जीवनको अत्यन्तै ठूलो राजनीतिक निर्णय गरेर सर्लाही–४ आएको छु, तपाईंहरूको भर परेर,’।

    सभापति थापाले अन्तरक्रियामा सहभागी युवालाई निर्वाचनका बेला सर्लाही गइदिन पनि आग्रह गरेका छन् । युवाको भर परेर आफू सर्लाही–४ बाट निर्वाचन लड्ने मनस्थितिमा पुगेको उनको भनाइ थियो । थापालाई शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको थियो ।

     

    प्रकाशित मिति :माघ १० २०८२ शनिवार - १६:२३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij