२०८२ माघ १० गते शनिवार
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्यसमेत रहेका उनलाई शनिबार एमाले मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।
अग्रवाललाई ओलीले खादा र टिका लगाएर पार्टीमा प्रवेश गराएका छन् । अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ पनि गरेको थियो ।
सीआईबीले अग्रवाललाई सेयर मूल्य कृत्रिम रूपमा बढाएको र झुटो कारोबार र मूल्य प्रभावित कसुरमा पक्राउ गरेको थियो ।
उनीमाथि नेपाल धितोपत्र बोर्डले अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । करिब १० दिनको हिरासतको अनुसन्धानपछि उनी हाजिर जमानीमा रिहा भएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij