२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । धनुषामा जंगली जानवरबाट बाली जोगाउन खेतमा लगाएको विद्युतीय बारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा नयाँटोलका ५० वर्षीय चन्देश्वर महतो रहेका छन् ।
स्थानीयय रामचन्द्र महतोले आफ्नो खेतमा लगाएको विद्युतीय बारमा आज बिहान पौने ११ बजे करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लागिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij