Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

अमेरिकाद्वारा फेरि ८० नेपाली डिपोर्ट, चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइयो

अमेरिकाद्वारा फेरि ८० नेपाली डिपोर्ट, चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइयो


  • 414
    Shares

    अमेरिकाद्वारा फेरि ८० नेपाली डिपोर्ट, चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइयो

    काठमाडौं । अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएको हो ।

    अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला रहेका छन् । डिपोर्ट हुनेमध्ये एक जना विद्यार्थी भिसामा अमेरिका पुगेका व्यक्ति पनि रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताएका छन् । 

    डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु छन् ।

    डिपोर्ट भएकाहरुलाई मानव बेचबिखन अनुसन्धान ब्युरो पठाइएको थियो । कोही कसैले गैरकानुनी रुपमा अमेरिका पठाएको भए उजुरी दिन पनि ब्यूरोले उनीहरुसँग अनुरोध गरेको छ ।

     

    प्रकाशित मिति :माघ ७ २०८२ बुधवार - १७:११:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij