२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा आफूले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र सर्लाही-४ मा बिहीबार मात्रै जाने भएका छन् ।
मंगलबार मधेस प्रदेश सभा सदस्य वीरेन्द्रकुमार सिंहलाई वारेस दिएर उम्मेदवारी दर्ता गराएका सभापति थापा बिहीबार मात्रै निर्वाचन क्षेत्रमा जाने तयारीमा रहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।
यसअघिका ३ निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट जितेका थापा यो पटक मधेसमा पुगेर निर्वाचन लड्दै छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij