Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

उम्मेदवारी दर्तासँगै प्रचार प्रसारमा होमिए दलहरू

उम्मेदवारी दर्तासँगै प्रचार प्रसारमा होमिए दलहरू


  • 449
    Shares

    उम्मेदवारी दर्तासँगै प्रचार प्रसारमा होमिए दलहरू

    काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि मङ्गलबार उम्मेदवारी दर्ता गरेसँगै कास्कीका राजनीतिक दल निर्वाचनमा होमिएका छन् । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा १८ राजनीतिक दलका उम्मेदवारसँगै छ जना स्वतन्त्र उम्मेदवार गरी ४९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले वडाबाट चुनाव लक्षित भेटघाट तथा छलफल थालेको छ । एमालेले कास्की क्षेत्र नं १, २ र ३ मा क्रमशः बैनबहादुर अधिकारी क्षेत्री, रश्मी आचार्य र दामोदर बैरागाीलाई उम्मेदवार बनाएको छ ।

    नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्तासँगै चुनाव केन्द्रित छलफललाई सघन बनाएको छ । कांग्रेसले क्षेत्र नं १, २ र ३ मा क्रमशः तिलक रानाभाट, माधवप्रसाद बाँस्तोला र मनोज गुुरुङलाई उम्मेदवार बनाएको छ ।

    नेपाली कम्युनिष्ट पार्टीले चुनावको तयारीस्वरुप आज उम्मेदवार एवं जिल्लामा उपलब्ध केन्द्रीय सदस्यसँग छलफल गर्ने बताएको छ । पार्टीका जिल्ला संयोजक विश्वप्रकाश लामिछानेका अनुसार भोलिदेखि तीनवटै निर्वाचन क्षेत्रमा पार्टीका पदाधिकारी तथा उम्मेदवारले घरदैलो थाल्ने छन् ।

    नेकपाले क्षेत्र नं १, २ र ३ मा क्रमशः राजकाजी गुरुङ, हेमबहादुर थापा पराजुली र गोपाल गिरीलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज यहाँ बैठक हुँदैछ । रास्वपाले क्षेत्र नं १, २ र ३ मा क्रमशः खड्गराज पौडेल, उत्तमप्रसाद पौडेल र बिना गुरुङलाई प्रत्याशी बनाएको छ ।

     

    प्रकाशित मिति :माघ ७ २०८२ बुधवार - ११:०५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij