Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

पार्टी कार्यालय सानेपा जानेबारे छलफल गर्दै गगन थापा

पार्टी कार्यालय सानेपा जानेबारे छलफल गर्दै गगन थापा


  • 498
    Shares

    पार्टी कार्यालय सानेपा जानेबारे छलफल गर्दै  गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा जानेबारे आज छलफल गर्दैछन् । 

    सर्वोच्च अदालतले पनि देउवा समूहले दायर गरेको रिटमा अन्तरिम आदेश नदिएपछि थापाले पार्टी कार्यालयमा जानेबारे छलफल गर्न थालेका हुन् । 

    पार्टीको निवर्तमान सभापति शेरबहादुर देउवा समूह र तत्कालीन डा शेखर कोइराला नेतृत्वको समूह विशेष महाधिवेशनलाई अस्वीकार गर्दै निर्वाचन आयोग र सर्वोच्च अदालतमा गएपछि थापा पार्टी केन्द्रीय कार्यालय गएका थिएनन् । 

    नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी केन्द्रीय कार्यालयमा जानेबारे आज छलफलको तयारी भइरहेको जानकारी दिएका छन् ।

    प्रकाशित मिति :माघ ७ २०८२ बुधवार - १०:४७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij