Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

झापामा एमालेलाई बाटो छेकेपछि ओलीको प्रतिक्रियाः रास्वपाले आफ्नो स्तर देखायो

झापामा एमालेलाई बाटो छेकेपछि ओलीको प्रतिक्रियाः रास्वपाले आफ्नो स्तर देखायो


  • 1.1K
    Shares

    झापामा एमालेलाई बाटो छेकेपछि ओलीको प्रतिक्रियाः रास्वपाले आफ्नो स्तर देखायो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका कार्यकर्ताहरुले झापामा असभ्यता देखाएको बताएका छन् । मंगलवार आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्न पुगेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

    उनले रास्वपाका तर्फबाट असभ्य खालको क्रियाकलाप भएको बताएका छन् । रास्वपाका कार्यकर्ताले आफ्नो स्तर जाहेर गरेको उनको भनाइ छ । रास्वपाका कार्यकर्ताले बाटो छेक्ने काम गरेकाले केही भनाभन भएपनि झडप नभएको बताएका छन् । 

    उनले भने, ‘रास्वपाका तर्फबाट केही अस्वस्थ, असभ्य खालको क्रियाकलाप भयो भन्ने मैले सुनेँ । तर त्यस्तो ठूलो केही होइन । उनीहरुले आफ्नो स्तर जाहेर गर्ने त्यति कामसम्म गरेका होलान् जस्तो लाग्छ । त्यस्तो ठूला झडप होइन । उनीहरुले बाटो छेक्ने, डिस्टर्ब गर्ने असभ्यता देखाए । स्वस्थ प्रतिष्पर्धा, शान्तिपूर्ण ढंगले गर्नुपर्छ । चुनाव शान्तिपूर्ण ढंगले हुनुपर्छ ।’

    अध्यक्ष ओलीले स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न हुनुपर्ने बताएका छन् ।  

    प्रकाशित मिति :माघ ६ २०८२ मंगलवार - १६:२५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij