Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

संयोजक दाहालले रुकुम पूर्वबाट मनोनयन दर्ता गराए

संयोजक दाहालले रुकुम पूर्वबाट मनोनयन दर्ता गराए


  • 869
    Shares

    संयोजक दाहालले रुकुम पूर्वबाट मनोनयन दर्ता गराए

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पूर्व निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी मनोनयन दर्ता गराए । 

    जनयुद्धको उद्गमस्थल मानिने रुकुम क्षेत्रबाट उम्मेदवारी दर्ता गराउँदै दाहालले सो क्षेत्रको विकास र समृद्धिका लागि आफू प्रतिवद्ध रहेको बताए। यसअघि २०७९ को निर्वाचनमा गोरखा-२ बाट विजयी हुनुभएका दाहालले यसपटक जनयुद्धको ऐतिहासिक महत्व बोकेको रुकुम पूर्वलाई रोजे ।

    मनोनयन दर्ताका क्रममा पार्टीका नेता-कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । देशभर आजै प्रमुख राजनीतिक दलका शिर्ष नेताहरूले आफ्ना निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराइरहेका छन् ।

    प्रकाशित मिति :माघ ६ २०८२ मंगलवार - १४:४८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij