Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

गोरखा क्षेत्र नं. १ मा बस्ताकोटीको सम्भावना बढ्यो

गोरखा क्षेत्र नं. १ मा बस्ताकोटीको सम्भावना बढ्यो


  • 666
    Shares

    गोरखा क्षेत्र नं. १ मा बस्ताकोटीको सम्भावना बढ्यो

    काठमाडौं । आउने फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको निम्ति गोरखा क्षेत्र नं १को निम्ति नेपाली काँग्रेसको सिफारिसमा परेका युवराज बस्ताकोटीलाई उक्त पार्टीले टिकट दिने  सम्भावना बढेको छ । अध्ययन शील, बैचारिक तथा नेपाली काँग्रेसका देउवा समूहको समेत समर्थन रहेका र पूर्व सांसद राजेन्द्र बजगाईंले यस पटक उम्मेदवारी नदिने घोषणा गरेका कारण बस्ताकोटीको सम्भावना बढेको हो । 

    उनलाई उम्मेदवार बनाउँदा पार्टीभित्र मात्र होइन, समग्र राजनीतिमा समेत सकारात्मक पर्ने कांग्रेस दावी गरिएको छ । लामो समयदेखि कांग्रेस संस्कृति, राजनीतिक संस्कार र लोकतान्त्रिक मूल्य-मान्यताका पक्षमा निरन्तर संघर्षरत बस्ताकोटीलाई उम्मेदवार बनाउनु पार्टीको साख पुनःस्थापना गर्ने महत्वपूर्ण कदम हुने दावी गरिएको छ । 

    उनी २०५३ सालदेखि गगन, प्रदीप र गुरुराज समूहसँगै सडक आन्दोलनमा सक्रिय रहँदै २०६२-६३ को जनआन्दोलनसम्म अग्रपंक्तिमा उभिएका काँग्रेस नेता हुन् । आन्दोलनका क्रममा पटक-पटक लाठी खाँदै लोकतन्त्र, विधि र सिद्धान्तको पक्षमा उभिएको उनको इतिहास छ । ‘प्रदीप टिम’ का नाममा गोरखामा राजनीतिक रूपमा पीडित  बनेका उनी अवसरभन्दा सिद्धान्त बल भन्दा बिचार रोज्ने नेताका रुपमा चिनिन्छन् । 

    उनका पिता पुर्खासमेत नेपाली काँग्रेस र विपीको बिचारमा प्रतिवद्ध रहेको र अहिलेसम्म लाभको पद नलिएकोले पनि उनलाई यसपटक अवसर दिनुपर्ने बिचार काँग्रेस शुभचिन्तकहरूको रहेको छ । उच्चस्तरीय शिक्षा, स्पष्ट राजनीतिक-आर्थिक दृष्टिकोण, नैतिक चरित्र र केही गरौँ भन्ने हुटहुटीले उनलाई अरूभन्दा फरक पहिचान दिएको दावी उनी निकटहरूको रहेको छ । 

    नेताहरूका राम्रा कामलाई सम्मान गर्नुपर्छ, गाली–गलौज र अराजक भाषाबाट पार्टी कमजोर हुन्छ भन्ने बिचार राख्ने उनले निरन्तर पार्टी एकताको पक्षमा बोल्दै आएका छन् । पार्टीको दीर्घकालीन हितका लागि सैद्धान्तिक स्पष्टता र पुनःसंरचनाको आवश्यकतामा जोड दिँदै आएका बस्ताकोटी परिवर्तनका नाममा बदमासी नहोस् भन्ने हेतुले निष्पक्ष सचेतना फैलाउने नेता मानिन्छन् ।

    प्रदीप, गुरु, विश्व र गगन समूहसँग निकट रहेर पनि गलतलाई गलत र सहीलाई सही भन्न सक्ने साहस राख्ने बस्ताकोटी सानै उमेरदेखि अनुशासन, संस्कार र लोकतान्त्रिक विधिमा आधारित राजनीति गर्दै आएका छन् । उदारवादी अर्थतन्त्र, शिक्षा र विकास रणनीतिमार्फत नेपाली उर्वर स्रोत परिचालन गर्न सकिने विषयमा अनुसन्धान र स्पष्ट नीति दृष्टिकोण प्रस्तुत गर्ने क्षमताका कारण उनी बौद्धिक युवा नेताको रूपमा परिचित छन् ।

    सार्वजनिक छवि स्वच्छ रहेकाले तटस्थ मत तान्नसक्ने उम्मेदवारका रुपमा उनलाई हेरिएको छ । कारोबारी राजनीतिले भ्रष्टाचार बढाउँछ भन्ने स्पष्ट धारणा राख्ने र जेन-जी पुस्ताको भावना बुझ्न सक्ने नेता भएकाले उनी सर्वसाधारणको रोजाइमा पर्ने व्यक्ति मानिन्छन् । सहिद डिल्लीराम न्यौपानेका भान्जा समेत उनी क्रान्तिकारी छविका भएको कारण प्रगतिशील सोच राख्नेहरूको समेत रोजाइमा पर्ने दावी उनका शुभेच्छुकहरूको रहेको छ । 

    युवराज बस्ताकोटीलाई टिकट दिँदा “राजनीति सुध्रिँदैछ” भन्ने सन्देश जाने, कार्यकर्ता र युवामा उत्साह जाग्ने र नेपाली कांग्रेसले पछिल्लो समय गुमाउँदै गएको विश्वास फिर्ता लिन सक्ने ठानिन्छ। त्यसैले गोरखा-१ बाट युवराज बस्ताकोटी नेपाली कांग्रेसका लागि उपयुक्त उम्मेदवार हुन सक्ने निष्कर्षमा धेरै गोरखालीजन पुगेका छन् ।

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - १२:२५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij