२०८२ भाद्र ८ गते आइतवार
झापा । झापाको मेचीनगर नगरपालिकाका विद्युत शाखाका कर्मचारी महेन्द्र निरौलाको कोरोनाका कारण मृत्यु भएको छ ।
निरौला इलेक्ट्रिकल ओभरसियर रहेका नगरपालिका कार्यालयले जनाएको छ । उनको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले जानकारी दिए ।
निरौला मेचीनगर ७ निवासी हुन् । उनलाई कोरोना पुष्टि भएर होम आइसोलेसन बस्दा थप समस्या उत्पन्न भएपछि बिएण्डसी अस्पताल भर्ना गरिएको थियो । उनका परिवारका अन्य सदस्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij