२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड आज रुकुमपूर्व जाँदैछन् । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराउन उनी आजै रुकुमपूर्व जान लागेका हुन् ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ । नेकपा रुकुम पूर्वका इन्चार्ज तेजबहादुर वलीका अनुसार प्रचण्डको कार्यतालिका तय भइसकेको छ ।
प्रचण्ड मंगलबार मनोनयन दर्ता गरेर बुधबार मात्र काठमाडौं फर्कने कार्यतालिका रहेको इन्चार्ज वलीले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij