२०८२ माघ ७ गते बुधवार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुगेका छन्। मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन बालेन त्यहाँ पुगेका हुन्।
जानकी मन्दिर दर्शनका क्रममा बालेन एक्लै थिएनन्, उनीसँगै प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि उपस्थित थिए। दुवै जनाले सँगै बसेर आरती अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका छन्।
ऐतिहासिक र धार्मिक महत्त्व बोकेको जानकी मन्दिरमा बिहानै बालेन र अमरेशलाई एकसाथ देख्दा स्थानीय तथा दर्शनार्थीहरूको भीडमा छुट्टै रौनक देखिएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij