२०८२ माघ ७ गते बुधवार
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा आवश्यकताअनुसार निर्वाचन तालमेल गर्ने निर्णय गरेको छ ।
पार्टीको अध्यक्ष परिषद्को बैठकले स्थानीय परिस्थिति र निर्वाचन क्षेत्रको सापेक्षता मूल्याङ्कन गरी घोषित तथा अघोषित दुवै किसिमको तालमेल गर्न प्रोत्साहन गर्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय सुविधानगरमा आइतबार अध्यक्ष सन्तोष परियारको अध्यक्षतामा सम्पन्न अध्यक्ष परिषद् बैठकले उक्त निर्णयसहित विभिन्न पाँच वटा प्रस्तावमाथि छलफल गरी निर्णय गरेको छ । बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन क्षेत्रका टिकट प्रदेश इन्चार्जहरूलाई पठाउने निर्णय पनि गरेको छ ।
निर्वाचन प्रचार–प्रसारलाई प्रभावकारी बनाउन अध्यक्ष परिषद् सदस्य सन्तोष परियारको संयोजकत्वमा १०१ सदस्यीय बृहत निर्वाचन प्रचार–प्रसार समिति गठन गर्ने निर्णय गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij