Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

खोला तथा सडक मापदण्डविरुद्ध काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)

खोला तथा सडक मापदण्डविरुद्ध काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)


  • 1.0K
    Shares

    खोला तथा सडक मापदण्डविरुद्ध काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)

    काठमाडौं । काठमाडौं उपत्यकाका खोला तथा सडक किनारका बासिन्दाहरूले नदी-खोलाको मापदण्ड खारेज गर्न माग गर्दै माईतीघर मण्डलामा प्रदर्शन गरेका छन् । 

    गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति, भूमि अधिकार संरक्षण संघर्ष समिति, विष्णुमति करिडोर तदर्थ समिति लगायतका संगठनहरूको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले जोडदार नाराबाजी गरेका हुन् । 

    प्रदर्शनकारीहरूले ‘फैसला होइन न्याय दे’, ‘गैरन्यायिक खोला मापदण्ड खारेज गर’, ‘जनतालाई उठिबास गर्ने मापदण्ड खारेज गर’, ‘खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन’ जस्ता प्लेकार्ड बोकेका थिए । उनीहरूले सर्वोच्च अदालतको खोला किनारमा थप २० मिटर मापदण्ड तोक्ने निर्णयलाई गैरन्यायिक भन्दै यसको खारेजी माग गरेका छन् । 

    सर्वोच्च अदालतले यसअघि वागमती, विष्णुमती, मनोहरा जस्ता मुख्य नदीहरूको दायाँबायाँ थप २० मिटर क्षेत्रमा संरचना निर्माण नगर्न आदेश दिएको थियो । 

    यो निर्णय कार्यान्वयन हुँदा उपत्यकाका १९ वटा खोलामा करिव ८४ हजार घरधुरी प्रभावित हुने अनुमान छ । पीडितहरूका अनुसार यो मापदण्डले जग्गाको मूल्य शुन्य हुने र हजारौं परिवार विस्थापित हुने खतरा बढाएको छ ।

     

    प्रकाशित मिति :माघ ४ २०८२ आइतवार - १३:५४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij