Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

लागुऔषध ओसारपसारको कारोबारमा संलग्न तीन जना पक्राउ

लागुऔषध ओसारपसारको कारोबारमा संलग्न तीन जना पक्राउ


  • 4.2K
    Shares

    लागुऔषध ओसारपसारको कारोबारमा संलग्न तीन जना पक्राउ
    images

    हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट प्रहरीले लागुऔषध गाँजा ओसारपसारको कारोबारमा संलग्न एउटा ट्रकसहित तीनजना पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा ट्रक चालक जिल्ला काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–५ बस्ने ४९ वर्षीय आइतेबहादुर ठाडामगर, मकवानपुर भीमफेदी गाउँपालीका–९ बस्ने ४१ वर्षीय ऐक्ला भन्ने राजकुमार तामाङ र मकवानपुर कैलाश गाउँपालिका–१० बस्ने ३६ वर्षीय सविन भन्ने सुबिन रुम्बा रहेका छन् । 

    ना२ख ९८६२ नंको ट्रकको क्याभिनको भागको हुटमा फल्स बटम बनाई लुकाईछिपाई ल्याएको राखिएको १७ वटा पोकामा राखिएको करीब एक क्विन्टल लागुऔषध गाँजा सोमबार प्रहरीले पक्राउ गरेको थियो । सो क्रममा पक्राउ परेका ट्रक चालक ठाडामगरलाई गरिएको अनुसन्धानपश्चात् सो कारोबारमा संलग्न अन्य दुईसमेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ  ।

    विशेष सूचनाका आधारमा जिल्ला मकवानपुर हेटौँडा उपमहानगरपालिका–१ त्रिभुवन राजपथस्थित सडक खण्डमा नामटार तर्फबाट हेटौँडातर्फ आउँदै गरेको उक्त ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकमा लुकाई राखिएको अवस्थामा प्रहरीले गाँजा बरामद गरिएको थियो  । रासस

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - १४:५४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij