Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

नागरिक लगानी कोषद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख सहयोग

नागरिक लगानी कोषद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख सहयोग


  • 1.0K
    Shares

    नागरिक लगानी कोषद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख सहयोग

    काठमाडौं । नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

    उक्त रकमबराबरको चेक नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले आज अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन्। भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्याएको योगदानका लागि अर्थमन्त्री खनालले नागरिक लगानी कोषलाई धन्यवाद दिएका छन्।

    उक्त रकमसहित आजको मितिसम्म कोषमा १४ करोड ०७ लाख जम्मा भएको मन्त्रालयले जनाएको छ।

     

    प्रकाशित मिति :माघ २ २०८२ शुक्रवार - १५:०८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij