Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

कोरोनाका कारण जुम्ल्याहा दाजुभाइको मृत्यु

कोरोनाका कारण जुम्ल्याहा दाजुभाइको मृत्यु


  • 7.7K
    Shares

    कोरोनाका कारण जुम्ल्याहा दाजुभाइको मृत्यु

    भारतको मिरुतमा कोरोना संक्रमणका कारण २४ वर्षे जुम्ल्याहा दाजुभाइको मृत्यु भएको छ । जोएफ्रेड भार्घेसी ग्रेगोरी र रालफ्रेड भार्घेसी ग्रेगोरीको एक दिनको अन्तरमा ज्यान गएको हो ।

    उनीहरुले मे १३ र १४ तारिखमा ज्यान गुमाएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार सामान्य ज्वरो आएपछि चिकित्सकले अस्पताल भर्ना गरिनुपर्ने सुझाव दिएका थिए ।

    मे १ तारिखमा भएको परीक्षणमा दुवै जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको केही दिनमा गरिएको पिसिआर परीक्षणमा नेगेटिभ आएपछि चिकित्सकले उनीहरुलाई नर्मल आइसीयूमा राखेर उपचार गर्ने तयारी गरिरहेका थिए ।

    ‘जन्मेदेखि नै एउटालाई जे हुन्थ्यो अर्कोलाई पनि त्यो भएरै छाड्थ्यो’, जुम्ल्याहा छोराका पिता ग्रेगोरी रेमण्ड राफायलले भनेका छन्,’जोएफ्रेडको मृत्युपछि मैले श्रीमतीलाई रालफ्रेड पनि घर फर्कदैनन् भनेको थिएँ ।’

    राफायलका जुम्ल्याहा छोरामाथि एक छोरा छन् । जुम्ल्याहा दाजुभाइ विदेश गएर परिवारको आर्थिक अवस्था सुधार गर्ने तयारीमा थिए ।

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - १२:५६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij