२०८२ भाद्र ७ गते शनिवार
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य सतमान पुनमगरको कोरोना संक्रमणबाट निधन भएको छ । ६० वर्षीय पुनको मंगलबार बिहान बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचाररत मृत्यु भएको हो ।
उनलाई केही दिनअघि कोरोना पुष्टि भएसंगै श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख ३१ गते जिल्ला अस्पताल रुकुम पश्चिम ल्याइएकोमा अवस्था जटिल भएको भन्दै त्यहाँबाट कोहलपुर पठाइएको एमाले लुम्बिनी प्रदेशका सचिव खेममान खड्काले जानकारी दिए ।
हाल रुकुम पूर्वको भूमि, व्यवस्था तथा सुकुम्बासी आयोगका अध्यक्ष रहेका उनी २०४९ देखि २०५४ सालसम्म जिल्ला विकास समिति रुकुमका सदस्य थिए । उनलाई जेठ १ गते हेलिकप्टरबाट कोहलपुर लगिएको हो । पुन पुथाउत्तरगंगा गाउँपालिका–१० का स्थायी बासिन्दा हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij