२०८२ भाद्र ७ गते शनिवार
वीरगंज । बारामा दुई जना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । कलैया–७ बस्ने अब्दुर रसारका ९ वर्षीय र ७ वर्षीय छोराको शव फेला परेको हो ।
सोमवार साँझदेखि बेपत्ता दुबै सहोदर दाजुभाइ हुन् । बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा मंगलवार विहान उनीहरुको शव बरामद भएको बारा प्रहरीका प्रवक्ता डिएसपी गौत्तम मिश्रले जानकारी गराए। दुई बालकका बुवा रसार वैदेशिक रोजगारीमा छन् ।
घटनास्थल शिल गरी प्रहरीले अनुसन्धान गरीरहेको र विस्तारै घटनाको विस्तृत विवरण आउने बारा प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij