२०८२ भाद्र ७ गते शनिवार
दैलेख । कर्णाली प्रदेशको दैलेख जिल्लामा कोरोना संक्रमणबाट एकै समुदायका ९ जनाको मृत्यु भएको छ ।
दैलेखको दुल्लु नगरपालिका–१२ गौरीमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको हो । गौरी स्वास्थ्य चौकी संयोजक रमेश लम्सालले दिएको जानकारी अनुसार तीन जनाको परीक्षण नगरीकनै ज्वरो आउने, शरीर दुख्ने छाती दुख्ने र रुघाखोकी आउने जस्ता समस्याले बिरामी भएपछि मृत्यु भएको हो । ४ जनाको दैलेख र प्रदेश राजधानी सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।
यसै गाउँका दुई जनाको कोरोनाका कारण भारतमा मृत्यु भएको स्वास्थ्य चौकी संयोजक लम्सालले बताए । एकै समुदायमा यति धेरैको मृत्यु भएपछि अहिले त्यस गाउँमा त्रास फैलिएको छ ।
त्यसै ठाउँमा ठूलो संख्यामा ज्वरो, रुघाखोकी लगायतमा बिरामी रहेको जानकारी पाएपछि नगरपालिका प्रमुख स्वास्थ्यकर्मीको टोली लिएर परीक्षणका लागि पुगेका छन्।
जानकारीमा आए अनुसार बिरामी हुनेको संख्या १०० भन्दा बढी रहेको दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij