Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जसपाका चार प्रदेश सांसदको रिट सर्वोच्च अदालतमा दर्ता

जसपाका चार प्रदेश सांसदको रिट सर्वोच्च अदालतमा दर्ता


  • 6.1K
    Shares

    जसपाका चार प्रदेश सांसदको रिट सर्वोच्च अदालतमा दर्ता

    काठमाडौँ ।  लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।  

    प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले आफुलाई गरिएको कारवाहीको विरुद्ध  रिट लिएर सर्वोच्च अदालतमा पुगेका थिए । 

    सर्वोच्चको पूर्ण बैठकको निर्णय अनुसार वैशाख १९ मा सर्वोच्चले उनीहरुको रिट दर्ता नगरीकन फर्काइदिएको थियो । पुर्ण बैठकले बन्दी प्रत्यक्षीकरण र कोरोना बाहेकका सेवा स्थगन गर्ने निर्णय गरेको थियो ।

    अहिले कोभिड र बन्दी बाहेक केही महत्वपुर्ण रिटमा सुनुवाई गर्ने निर्णय भएको हुनाले जसपाका सांसदहरुको रिट दर्ता गरिएको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले बताए ।

     

    प्रकाशित मिति :जेठ २ २०७८ आइतवार - १७:०५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij