Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

ओलीलाई रविको जवाफ: गुन तिर्न अदालत धाउँदैछु

ओलीलाई रविको जवाफ: गुन तिर्न अदालत धाउँदैछु


  • 939
    Shares

    ओलीलाई रविको जवाफ: गुन तिर्न अदालत धाउँदैछु
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्वप्रधानमन्त्री केपी ओलीले लगाएको गुन तिर्न आएको जवाफ दिएका छन् । काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दाको तारिख बुझ्न गएका उनले ओलीको गुन तिर्न आएको बताएका हुन् । 

    ओलीले आइतबार एक टेलिभिजन अन्तरवार्तामा आफूले रविलाई गुन लगाएको तर गुन बिर्सिएर त्यतिकै रिसिइबी लिएको बताएका थिए ।

    ‘केपी ओलीजीले गुन लगाएको भन्नु भएको छ । खुब गुन लगाउनुभएको छ । उहाँले लगाएको गुन तिर्न आएको छु’, अदालत परिसरमा सञ्चारकर्मीसँग उनले भने ।

    ओलीकै कारण सातवटा जिल्ला अदालतमा एक हप्ताभित्र तारिख बुझ्नुपर्ने बाध्यता भएको उनले बताए । मुद्दाका कारण जिउमा ठाउँ ठाउँमा किला ठोकेको जस्तै भएको रविले गुनासो पोखे ।

    केपी ओलीले गुन लगाएको भन्नु भएको छ । त्यही गुन तिर्न अदालत धाइरहेको छु । सबै जिल्लामा महिनाको सातै दिन म जानुपर्ने छ,’ उनले भने, ‘जीउमा किला ठोकेजस्तो भएको छ अन्य अदालतमा जाँदैछु हाँजिर गर्नुपर्नेछ । म आज यहाँ आएँ अब एक हप्ताभित्र अन्यत्र पनि जाँदैछु । बिख शरीरभरि बाँकी नै छ ।’

     

    प्रकाशित मिति :पौष ७ २०८२ सोमवार - १७:४४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij