२०८२ पौष ७ गते सोमवार
काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो पाँच महिनामा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क यस अवधिमा निर्यातमा ५८ प्रतिशतको वृद्धि रहेको छ भने आयातमा पनि १५.८३ प्रतिशतको वृद्धि भएको छ ।
चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा नेपालले १ खर्ब १६ अर्ब ५० करोड ९० लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ५८.१७ प्रतिशतको वृद्धि हो ।
५ महिनामा ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा १५.८३ प्रतिशतले बढी हो ।
निर्यातमा उल्लेख्य वृद्धि भए पनि उच्च आयातका कारण मुलुकको व्यापार घाटा भने कायमै छ । पाँच महिनामा व्यापार घाटा १०.५२ प्रतिशतले बढेर ६ खर्ब ४९ अर्ब ६८ करोड १ लाख रुपैयाँ पुगेको छ ।
आयात–निर्यात अनुपात अघिल्लो वर्ष ८.९८ रहेको आयात–निर्यात अनुपात घटेर यस वर्ष ६.५८ मा झरेको छ । निर्यातको हिस्सा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०.०२ प्रतिशतबाट बढेर १३.२० प्रतिशत पुगेको छ ।
मुलुकको कुल वैदेशिक व्यापार २०.०७ प्रतिशतले बढेर ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij